सञ्चालनमा आयो ज्ञानश्री स्कुल

काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा स्थापित उक्त विद्यालयले शैक्षिक उत्कृष्टता र बालकेन्द्रित, प्रगतिशील शिक्षण पद्धतिलाई एउटै छानामुनि समेट्ने लक्ष्य लिएको छ ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Gyanshree School comes into operation

काठमाडौँ — केएमसी बागबजार र युरो स्कुल छाउनीको संयुक्त लगानीमा ज्ञानश्री स्कुल सञ्चालनमा आएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित लाखेचौर मार्गमा स्थापित उक्त विद्यालयले शैक्षिक उत्कृष्टता र बालकेन्द्रित, प्रगतिशील शिक्षण पद्धतिलाई एउटै छानामुनि समेट्ने लक्ष्य लिएको बताइएको छ ।

केएमसी बागबजारले २६ वर्षदेखि निर्माण गरेको शैक्षिक विरासत तथा उत्कृष्ट नतिजा र युरो स्कुलले अँगालेको अन्तर्राष्ट्रिय स्तरअनुरूपको शिक्षण पद्धति तथा नवप्रवर्तनलाई संयोजन गरी विद्यालय स्थापना गरिएको स्कुलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्याम्ब्रिजसम्बद्ध शैक्षिक प्रणालीमार्फत उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको स्कुलले जनाएको छ । ‘ज्ञानश्री एउटै संस्थामा शैक्षिक उत्कृष्टता र वास्तविक बालकेन्द्रित शिक्षण अनुभवलाई एकसाथ ल्याउने हाम्रो परिकल्पनाको प्रतिबिम्ब हो,’ विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालले भने ।

कान्तिपुर

Link copied successfully