रमेश कर्पकोे ‘सधैं सँगै, हरेक पलमा’

संस्थापक दिवसको मुख्य आकर्षण रहेको पुरस्कार समारोहमा कर्मचारीहरूको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको छ ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

Ramesh Karp's 'Always Together, Every Moment'

काठमाडौँ — रमेश कर्पले काठमाडौंको गोदावरी भिलेज रिसोर्टमा रंगीन र उत्साहपूर्ण कार्यक्रमको आयोजना गर्दै छैंटौं संस्थापक दिवस मनाएको छ ।

‘सधैं सँगै, हरेक पलमा’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले कर्मचारी र व्यवस्थापनबीच एकता, कृतज्ञता र साझा लक्ष्यको अनुभूति सृजना गराएको थियो ।

कार्यक्रमलाई जीवन्त र यादगार बनाउनलाई कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टल राखिएको थियो । कार्यक्रमले रमेश कर्प परिवारका सदस्यबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको छ ।

रमेश कर्पमा संस्थापक दिवस वार्षिक रूपमा चैत ६ मा मनाइन्छ, जसले स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीको सम्झना गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थापक दिवसको मुख्य आकर्षण रहेको पुरस्कार समारोहमा कर्मचारीहरूको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको विज्ञप्तिमा जनाइएको छ । 

यस अवसरमा प्रदान गरिएका पुरस्कारहरूमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरशीप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरशीप अवार्ड समावेश थिए ।  

कान्तिपुर

Link copied successfully