नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाइफाई नेपाल देशभर १०० भन्दा बढी सहरमा विस्तार भइसकेको कम्पनीले जनाएको छ । ४० भन्दा बढी सम्पर्क कार्यालयमार्फत ग्राहक सेवा प्रदान गरिरहेको कम्पनीको भनाइ छ।
काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले आफ्नो संयन्त्रमा १ लाख परिवारलाई जोडेको छ ।
मध्यमवर्गीय तथा साना परिवारलाई लक्ष्य गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको कम्पनीको दाबी छ ।
नेपालका हरेक घरधुरीलाई इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ यस वाइफाई नेपाल देशभर १०० भन्दा बढी सहरमा विस्तार भइसकेको कम्पनीले जनाएको छ । ४० भन्दा बढी सम्पर्क कार्यालयमार्फत ग्राहक सेवा प्रदान गरिरहेको कम्पनीको भनाइ छ।
वाइफाई नेपालले देशभर ५०० भन्दा धेरै कर्मचारीहरूमार्फत आफ्नो विस्तारित सेवालाई अझ प्रभावकारी बनाइरहेको कम्पनीले बताएको छ । स्थापनाकालदेखि नै आफूलाई इन्टरनेट सेवा प्रदायकका रूपमा मात्र नभई एक ‘डिजिटल साथी’ का रूपमा चिनाउँदै आएको सहज रुपमा इन्टरनेट उपभोग गर्न कठिन परिवारहरूलाई सेवाको केन्द्रमा राखेको कम्पनीको दाबी छ।
‘सस्तो तथा सुलभ दरमा भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै वाइफाई नेपालले मध्यम वर्गीय परिवार, साना उद्योगीरव्यवसायी तथा विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छोटो समयमै १ लाख ग्राहक जोडिनु केवल उपलब्धि मात्र होइन, नेपालमा भरपर्दो इन्टरनेटप्रतिको बढ्दो आवश्यकता र विश्वासको स्पष्ट संकेत हो ।’