चार सातासम्म चल्ने अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
काठमाडौँ — स्मार्टफोन ब्रान्ड ओप्पोले नेपाली नयाँ वर्षलाई लक्ष्य गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमंग’ अभियान सार्वजनिक गरेको छ ।
यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चार सातासम्म चल्ने अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
प्रत्येक साता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिने र लक्की ड्र तालिकाअनुसार पहिलो साता ८ चैत, दोस्रो साता १५ चैत, तेस्रो साता २२ चैत र चौथो साता २९ चैतमा लक्की ड्र सञ्चालन हुने जनाइएको छ ।
यसअन्तर्गत प्रत्येक साता एक–एक ओप्पो ए६ स्मार्टफोन प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।