ग्लोबल आईएमई बैंकको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम

‘स्मार्ट मनी टक्स’ लाई आत्मसात् गरी १६ मार्चदेखि २२ मार्चसम्म बैंकका विभिन्न शाखा कार्यालयबाट विक्तीय साक्षरताको कार्यत्रम सञ्चालन गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Global IME Bank's Youth-Targeted Financial Literacy Program

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने भएको छ ।

बैंकले सातै प्रदेशमा साताव्यापी रूपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यत्रम गर्न लागेको हो ।

‘स्मार्ट मनी टक्स’ लाई आत्मसात् गरी १६ मार्चदेखि २२ मार्चसम्म बैंकका विभिन्न शाखा कार्यालयबाट विक्तीय साक्षरताको कार्यत्रम सञ्चालन गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत पनि प्रसारण गरिने बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully