किस्ट र मेदान्तबीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान

चिकित्सकबीच अनुभव आदान–प्रदान हुनुका साथै जटिल क्लिनिकल केसहरूबारे पनि संक्षिप्त छलफल गरिएको थियो,

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

Clinical and academic knowledge exchange between KIST and Medanta

काठमाडौँ — किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल र दिल्लीको गुरुग्रामस्थित मेदान्त हस्पिटलबीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम गरिएको छ ।

चिकित्सकबीच अनुभव साटासाट गर्दै जटिल रोगको उपचार तथा व्यवस्थापनबारे ज्ञान अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको किस्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा मेदान्त हस्पिटलका डा. सुरिन्दर बजाज तथा अध्यक्ष डा. भीपी सिंहको विशेष उपस्थिति रहेको जनाइएको छ । उनीहरूले किस्टका १ सयभन्दा बढी चिकित्सकसँग अन्तरक्रिया गर्दै आफ्नो अनुभव तथा विशेषज्ञता साझा गरेको विज्ञप्तिमा जनाइएको छ ।

अन्तर्क्रियामा चिकित्सकबीच अनुभव आदान–प्रदान हुनुका साथै जटिल क्लिनिकल केसहरूबारे पनि संक्षिप्त छलफल गरिएको थियो, जसले सहभागी चिकित्सकहरूलाई महत्त्वपूर्ण सिकाइको अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully