सीएफमोटो २ सय ५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
काठमाडौँ — नेपालका लागि सीएफमोटोको आधिकारिक तथा एक मात्र वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो २५० डुअल ईएफआई मोटरसाइकल सार्वजनिक गरेको छ ।
कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इनफ्लुएन्सर, सञ्चारकर्मी तथा सीएफमोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिको उपस्थिति रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालका विभिन्न प्रकारका सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस मोटरसाइकलले प्रदर्शन, टिकाउपन र बहुउपयोगिताको सन्तुलन प्रदान गर्ने कम्पनीका प्रतिनिधिहरूको भनाइ छ ।
मोटरसाइकलमा २ सय ४९ सीसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणाली भएको इन्जिन जडान गरिएको छ । यसले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै इलेक्ट्रोनिक फ्युल इन्जेक्सन प्रणालीका कारण थ्रोटल प्रतिक्रिया सहज हुने र इन्धन खपत कम हुने कम्पनीको दाबी छ ।
सीएफमोटो २ सय ५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।