बजारमा ओपो ए६ 

लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Oppo A6 in the market

काठमाडौँ — ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ ।

यसमा ७००० एमएएच क्षमताको ब्याट्री छ जसलाई ४५डब्लु सुपरभूकर फास्ट चार्जिङ ले समर्थन गर्ने कम्पनीको भनाइ छ । यसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

‘यसमा १२०एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको अधिकतम ब्राइटनेस ११२५ निट्ससम्म पुग्छ, यसले स्मूथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्छ ।’

कान्तिपुर

Link copied successfully