बजारमा पल्सर नेक्स्ट जेन १५० 

आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले जनाएको छ ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले जनाएको छ ।

‘नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बीएस ६ भी इन्जिन, सिंगल च्यानल एबीएस लिड हेडल्याम्प तथा ब्लुटुथ सपोर्टसहितको फुल डिजिटलजस्ता आधुनिक फिचर समावेश गरिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको छ ।’

नयाँ बजाज पल्सर १५० लाई नेपालभरका बजाज अटोका आधिकारिक सोरुममार्फत उपलब्ध गराइएको कम्पनीले बताएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९ सय तोकिएको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully