हार्दिक आईभीएफमा निःशुल्क आईयूआई सेवा

यस कार्यक्रमअन्तर्गत सामान्यतया १५ हजार लागत पर्ने आईयूआई सेवा २४ चैतसम्म पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Free IUI service at Hardik IVF

काठमाडौँ — हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले सन्तान प्राप्तिको यात्रामा रहेका दम्पतीलाई लक्ष्य गर्दै विशेष स्वास्थ्य सेवा कार्यक्रम सार्वजनिक गरेको छ ।

यस कार्यक्रमअन्तर्गत सामान्यतया १५ हजार लागत पर्ने आईयूआई सेवा २४ चैतसम्म पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । ‘परिवार विस्तार गर्ने चाहना धेरैका लागि जीवनको महत्त्वपूर्ण सपना हो ।

केही दम्पतीले यो यात्रामा चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था पनि देखिन्छ । यही सम्भावनालाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले हार्दिकले यो पहल अघि सारेको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully