कपनमा खुल्यो ‘करेन्ट मार्ट’ 

कम्पनीले कपनको रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

'Current Mart' opens in Kapan

काठमाडौँ — ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले काठमाडौं उपत्यकाभित्र ‘करेन्ट मार्ट’ को दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले कपनको रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो । यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा पहिलो आउटलेट सञ्चालनमा आएको छ ।

नयाँ शाखाको उद्घाटनका अवसरमा ग्राहकलाई ‘करेन्ट मार्ट’ मा उपलब्ध सम्पूर्ण उत्पादनको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जीपी शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा ‘करेन्ट मार्ट’ को उद्घाटन गरे । 

कान्तिपुर

Link copied successfully