ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
काठमाडौँ — निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्सले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरका लागि ‘बाई ब्याक ग्यारेन्टी’ योजना ल्याएको छ ।
ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत नयाँ जेसीबी थ्रीडीएक्स सुपर खरिद गर्ने ग्राहकले एमएडब्लू जेसीबीका अधिकृत डिलरमार्फत मेसिन खरिद गरेको ४ वर्ष वा ८ हजार अपरेटिङ घण्टा पूरा भएपछि ग्यारेन्टी गरिएको बाई ब्याक मूल्य प्राप्त गर्न सक्नेछन् ।