मेटलाइफका ग्राहकले प्रमुख डायग्नोस्टिक परीक्षणमा १५ प्रतिशत छुट, सम्पूर्ण आइभीएफ प्याकेजमा एकमुष्ट २० हजार रुपैयाँको विशेष छुट र अन्य प्रजनन् स्वास्थ्य सेवाहरूमा १५ प्रतिशतसम्मको छुट पाउँनेछन् ।
काठमाडौँ — वात्सल्य नेचुरल आइभिएफ र मेटलाइफ नेपालबीच प्रजनन् तथा आइभिएफ सेवाहरूमा विशेष छुट प्रदान गर्नेगरी साझेदारी गरेका छन् । सम्झौताअन्तर्गत, मेटलाइफका बिमा ग्राहकहरू र उनीहरूका एकाघरका परिवारका सदस्यहरूले 'वन बाई मेटलाइफ' एपमा रहेको 'डिजिटल लाइफ कार्ड' मार्फत वात्सल्यका सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यस साझेदारीपश्चात् ग्राहकहरूले प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, सम्पूर्ण आइभीएफ प्याकेजहरूमा एकमुष्ट २० हजार रुपैयाँ को विशेष छुट र अन्य प्रजनन् स्वास्थ्य सेवाहरूमा १५ प्रतिशतसम्मको छुटको लाभ उठाउन सक्नेछन्।
मुख्य उद्देश्य प्रजनन् उपचारलाई अझ पहुँचयोग्य, किफायती र पूर्ण रूपमा गोप्य बनाउनु हो । यसले उपचारको बढ्दो लागत, समाजमा रहेको संकोच र जनचेतनाको कमी जस्ता बाधाहरूलाई सम्बोधन गर्ने विश्वास लिइएको छ।
साझेदारी बारे वात्सल्य आइभिएफका मार्केटिङ हेड नविन बिष्टले भने 'मेटलाइफ नेपालसँगको सहकार्यले सन्तान प्राप्तिको पर्खाइमा रहेका दम्पतीहरूलाई उत्कृष्ट उपचारसँग जोड्दै आर्थिक रूपमा समेत ठूलो राहत प्रदान गर्नेछ । विश्वस्तरीय प्रजनन् सेवालाई आममानिसको पहुँचमा पुर्याउने हाम्रो निरन्तर प्रयासमा यो सम्झौता एउटा महत्त्वपूर्ण कदम हो ।'
