नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — श्री स्टिल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा श्री स्टिल्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक राजेशकुमार अग्रवाल तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरे ।
निष्कासन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ ।
धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
