विराटचोकमा कजारियाको नयाँ सोरुम

विराटचोकमा नयाँ सोरुम उद्घाटन गर्न पाउँदा आफू अत्यन्त खुसी भएको कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले जनाए ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Kajaria's new showroom in Biratchowk

काठमाडौँ — नेपालमा प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले विराटचोकमा नयाँ विशेष सोरुम सञ्चालनमा ल्याएको छ ।

महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस सोरुमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टायलको माग पूरा गर्दै ग्राहकलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विराटचोकमा नयाँ सोरुम उद्घाटन गर्न पाउँदा आफू अत्यन्त खुसी भएको कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले जनाए ।

‘सोरुम केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूका लागि आधुनिक, आकर्षक र नवप्रवर्तनशील टायल विकल्प अवलोकन गर्ने गन्तव्य हो,’ उनले भने । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको कम्पनीको दाबी छ ।

‘अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दिगो बनाउँछ ।’

कान्तिपुर

Link copied successfully