सामसङले ल्यायो ग्यालेक्सी एस२६ सिरिज

परिष्कृत प्रिमियम बनावट, उन्नत प्रोसेसिङ क्षमता, एआई आधारित ब्याट्री अप्टिमाइजेसनसहितको यो नयाँ सिरिजले सहज मल्टिटास्किङ, इमर्सिभ मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Samsung launches Galaxy S26 series

काठमाडौँ — सामसङले नयाँ ग्यालेक्सी२६ सिरिज सार्वजनिक गरेको घोषणा गरेको छ ।

यसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्त्वपूर्ण कदम प्रतिनिधित्व गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

बुद्धिमान क्यामेरा क्षमतादेखि रियल–टाइम सहयोगसम्म अनुकूलित प्रदर्शन र ऊर्जा दक्षतासम्ममा यसले उत्कृष्टता प्रदान गर्ने कम्पनीको दाबी छ ।

परिष्कृत प्रिमियम बनावट, उन्नत प्रोसेसिङ क्षमता, एआई आधारित ब्याट्री अप्टिमाइजेसनसहितको यो नयाँ सिरिजले सहज मल्टिटास्किङ, इमर्सिभ मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।   

कान्तिपुर संवाददाता

Link copied successfully