नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हाल २ सय ६९ शाखा, २ सय ५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।
काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ४१औं वर्षमा प्रवेश गरेको छ ।
चार दशक लामो यात्रामा ग्राहकवर्ग सेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको बैंकको दाबी छ ।
आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेको प्रतिबद्धता छ । डिजिटल रुपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको भनाइ छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हाल २ सय ६९ शाखा, २ सय ५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।