धनगढीमा नबिलको नि:शुल्क जलन उपचार शिविर

लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले शिविरमा नि:शुल्क उपचार पाएको बैंकले जनाएको छ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Nabil's free burn treatment camp in Dhangadhi

काठमाडौँ — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल नि:शुल्क जलन उपचार शिविर’ गरिएको छ ।

यही १२ फागुनदेखि १४ सम्म सञ्चालित शिविरमार्फत ६५ जना जलनका बिरामीले नि:शुल्क उपचार पाएको बैंकले जनाएको छ ।

शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकले शल्यक्रिया गरेका थिए । जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ ।

नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा आयोजित शिविरमा सुदूरपश्चिमका विभिन्न ठाउँबाट बिरामी उपचारका लागि आएको बैंकको भनाइ छ ।

लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले शिविरमा नि:शुल्क उपचार पाएको बैंकले जनाएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully