हुलास फिनसर्भ हायर पर्चेजको आईपीओ पाइपलाइनमा

कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता ३५८.८५ रुपैयाँका दरले प्रिमियम मूल्यमा जारी गर्ने गरी धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Hulas Finserv Hire Purchase's IPO in the pipeline

काठमाडौँ — नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज संस्था हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को निवेदन सूचीकृत भएको छ ।

गत १२ मंसिरमा सम्पन्न वार्षिक साधारणसभाको निर्णय अनुसार प्राथमिक सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेकोमा यही १३ फागुन प्रकाशन भएको ‘आईपीओ पाइपलाइन’ सूचीमा अन्य वर्गमा यस कम्पनीको प्राथमिक सार्वजनिक निष्कासनको निवेदन सूचीकृत भएको कम्पनीले जनाएको छ ।

कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता ३५८.८५ रुपैयाँका दरले प्रिमियम मूल्यमा जारी गर्ने गरी धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

प्राथमिक सार्वजनिक निष्कासनको निष्कासन प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको जनाइएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully