ललितपुरको ब्रिटिस मोडेल कलेजका विद्यार्थीहरू आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डस् २०२५ बाट सम्मानित भएका हुन् ।
काठमाडौँ — द ब्रिटिस कलेज अन्तर्गतको ललितपुरको ब्रिटिस मोडेल कलेजका विद्यार्थीहरू आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डस् २०२५ बाट सम्मानित भएका छन् । ब्रिटिस काउन्सिल सर्भिसेस नेपालले आयोजना गरेको हो उक्त अवाार्ड गत फागुन ५ मा सोल्टी होटलमा आयोजित समारोहमा प्रदान गरिएको हो ।
खुश्बु निङलेकु एएस लेभल जीवविज्ञानमा देशभरकै उच्चतम अंक ल्याई नेपाल टपर घोषित भएकी थिइन् । प्रतिक्ष्या घिमिरेले एएस लेभल अर्थशास्त्रमा नेपाल टपर हासिल गर्दै असाधारण शैक्षिक प्रदर्शन र विषयगत दक्षता प्रदर्शन गरिन् । जेन्शा श्रेष्ठाले एएस लेभल समाजशास्त्रमा उच्च उपलब्धि अवार्ड प्राप्त गरिन्, जसले राष्ट्रिय स्तरका उत्कृष्ट उम्मेदवारहरूमध्ये उनको उल्लेखनीय नतिजालाई मान्यता दिएको छ ।
कलेजले यी उपलब्धिले आफ्नो शैक्षिक गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षाप्रतिको प्रतिबद्धता झल्काएको जनाएको छ ।
