'पोको'का ३ नयाँ स्मार्टफोन बजारमा

तीन वर्षपछि पोकोले नेपालमा तीनवटा अत्याधुनिक स्मार्टफोन सार्वजनिक गरेको हो । पोको एक्स ७ प्रोको बजार मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँऽ पोको एफ ७ को मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँ र पोको एफ ८ प्रोको मूल्य ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

3 new smartphones from 'Poco' launched in the market

What you should know

काठमाडौँ — प्रविधि कम्पनी साओमीको स्वामित्वमा रहेको स्मार्टफोन पोकोले पोको एक्स ७ प्रो ५जी, पोको एफ ७ ५जी र पोको एफ ८ प्रो ५ जी सार्वजनिक गरेको छ । गेमिङ र मल्टिटास्किङ स्मार्टफोनको रुपमा युवामाझ लोकप्रिय रहेको पोकोको कमब्याकले स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने अनुमान गरिएको छ । 

तीन वर्षपछि टेलिटक प्राइभेट लिमिटेडसँग साझेदारी गर्दै पोकोले तीनवटा अत्याधुनिक स्मार्टफोन सार्वजनिक गरेको हो । यी सार्वजनिक मोडलमा छिटो र तीव्र रुपमा काम गर्ने चिपसेटहरू, धेरै लामो समयसम्म टिक्ने ब्याट्री र आधुनिक फिचरहरू समावेश छन्।

यसले ब्रान्डको ‘पर्फमेन्स फर्स्ट’ अर्थात् ‘प्रदर्शन सर्वोत्कृष्ट’ भन्ने दर्शनलाई जीवन्त बनाउने विश्वास छ। पोकोलाई फेरि नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएको टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले बताए ।

'बलियो र छिटो काम गर्नसक्ने चिपसेटहरू र लामो समय टिक्ने ब्याट्रीसँगै नयाँ फिचरसहित डिजाइन गरिएका छन्,' उनले भने, 'यसले बिना कुनै सम्झौता गेम खेल्ने, एकैपटक धेरै कार्य गर्ने र निरन्तर कनेक्टेड रहने सुविधा प्रदान गर्नेछन्।’ 

पोको एक्स ७ प्रोको बजार मूल्य  ५५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । पोको एफ ७ को मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँ र पोको एफ ८ प्रोको मूल्य ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै पोकोले ९ महिनासम्म ईएमआईको सुविधा पनि ल्याएको छ ।

तीन वटै मोडेलहरूमा १ वर्षको ब्रान्ड वारेन्टी सुविधासमेत रहेको स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरूम तथा आउटलेटहरूमा उपलब्ध हुनेछ ।

कान्तिपुर

Link copied successfully