भक्तपुरमा कजारियाको नयाँ शोरुम 

नयाँ शोरुममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ,

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

Kajaria's new showroom in Bhaktapur

काठमाडौँ — कजारिया रमेश टाइल्स लिमिटेडको टाइल ब्रान्ड कजारियाले भक्तपुरको इटापाको, सल्लाघारीमा आफ्नो नयाँ विशेष शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुम पीएनएस ट्रेडर्स एन्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कजारियाले सधैं उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ । यो नयाँ सल्लाघारी शोरुममार्फत हामी हाम्रा उत्कृष्ट टाइलहरूको दायरा ग्राहकहरूसम्म अझ नजिक पुर्‍याउँदै छौं,’ उक्त अवसरमा कजारियाका प्रतिनिधिले भने, ‘नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ । र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौं ।’

नयाँ शोरुममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउने कम्पनीको भनाइ छ । 

कान्तिपुर

Link copied successfully