सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई प्याथोलोजी ल्याबका विविध सेवा शुल्कमा डिजिटल कारोबार गर्दा बिल रकमको २० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई भक्तपुरको राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई प्याथोलोजी ल्याबका विविध सेवा शुल्कमा डिजिटल कारोबार गर्दा बिल रकमको २० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्सका ल्याब निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरे ।