फोर्थिङ फ्राइडे ईभीको खरिदमा यो विशेष अफरअन्तर्गत ग्राहकले ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्।
काठमाडौँ — फोर्थिङको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटी प्रालि (लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी) ले इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष 'एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे' अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि ल्याइएको यो योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गर्नेछ।
फोर्थिङ फ्राइडे ईभीको खरिदमा ग्राहकहरूले यो विशेष अफर अन्तर्गत ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्। एक्सचेन्ज बोनस: पुरानो गाडीको उचित मूल्यांकन र आकर्षक एक्सचेन्ज सुविधा, नयाँ गाडीको खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट, सुरक्षित यात्राको लागि भरपर्दो बिमा सुविधा, स्वामित्व प्रक्रियालाई सहज बनाउन सडक करको व्यवस्था गरिएको छ । यस्तै, गाडीसँगै आवश्यक एसेसरीजहरू निःशुल्क उपलब्ध गराइने र नयाँ गाडीको उत्साहलाई थप बढाउन उपहारको समेत व्यवस्था गरिएको छ ।
'हाम्रो यो ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने एउटा विशेष निमन्त्रणा हो,' लक्ष्मी ई–मोबिलिटीले भनेको छ, 'सात लाखसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत हामीले नेपालमा वातावरणमैत्री र प्रिमियम सवारीको प्रयोगलाई थप सहज बनाउने लक्ष्य राखेका छौं ।'
