पाैड्यालले यसअघि नबिल बैंकका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा १७ वर्ष सेवा गरेका थिए ।
काठमाडौँ — एनआईबीएल इक्विटी पार्टनर्सले सल्लाहकार बोर्डमा उपेन्द्र पौड्याललाई सदस्यका रूपमा नियुक्त गरेको छ ।
नियुक्तिसँगै बैंकको रणनीतिक नेतृत्व तथा दिगो र मूल्य आधारित बैंकिङप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
पौड्यालसँग नेपालका वित्तीय सेवा क्षेत्रमा करिब ४ दशकदेखिको अनुभव छ । आफ्नो करियरभर उनले नियामक निकाय, वित्तीय संस्था तथा विकास साझेदारहरूसँग सहकार्य गर्दै नेपालको बैंकिङ क्षेत्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसअघि उनले नबिल बैंकको अध्यक्ष तथा एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा १७ वर्ष सेवा गरेका थिए ।
एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवन्थ पाण्डेले भने, 'पौड्यालको दिगो तथा मूल्यआधारित बैंकिङ क्षेत्रमा रहेको विशेषज्ञता र अनुभवले सल्लाहकार बोर्डलाई महत्वपूर्ण योगदान पुर्याउनेछ । सुशासन सुदृढीकरण, दिगोपन अभ्यास विस्तार तथा नेपालको बैंकिङ क्षेत्रमा नवप्रवर्तन प्रवर्द्धन गर्न उहाँको मार्गदर्शन महत्वपूर्ण हुनेछ ।'
