शनिबार एनसेल एआईटीएम कार्निभल हुने

एआईटीएम कलेजले सातदोबाटोस्थित आफ्नै परिसरमा एनसेल एआईटीएम कार्निभल आयोजना गर्ने भएको हो।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Ncell AITM Carnival to be held on Saturday

काठमाडौँ — एआईटीएम कलेजले फागुन ९ (फेब्रुअरी २१) मा सातदोबाटोस्थित आफ्नै परिसरमा एनसेल एआईटीएम कार्निभल आयोजना गर्ने भएको छ। युवा लक्षित यस विशेष कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिंकले पावर गरेको छ।

कार्निभलमा चर्चित गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वारको दमदार प्रस्तुति रहनेछ। लाइभ कन्सर्टका साथै अन्य सांगीतिक प्रस्तुति, नृत्य कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश हुने आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले रमाइला खेलहरू, अन्तरक्रियात्मक गतिविधिहरूमा भाग लिनुका साथै सुनिश्चित पुरस्कार जित्ने अवसर पनि पाउनेछन्, जसले कार्निभललाई अझ रोमाञ्चक र आकर्षक बनाउनेछ।

यस कार्यक्रमलाई इसेवा, जेन्टस् पार्क, औरालगायत विभिन्न ब्रान्डहरूले सहयोग गरेका छन्। कार्निभलमा ब्रान्ड स्टलहरू, प्रवर्द्धनात्मक गतिविधिहरू र विशेष अफरहरू पनि मुख्य आकर्षणका रूपमा रहनेछन्।

युवा केन्द्रित संगीत तथा मनोरञ्जनमय वातावरण सिर्जना गर्दै एआईटीएम कलेजले विद्यार्थी तथा युवाहरूलाई संगीत, उत्साह र अवसरहरू एकै ठाउँमा अनुभव गर्ने गतिशील प्लाटफर्म प्रदान गर्ने लक्ष्य राखेको छ।

कान्तिपुर

Link copied successfully