कार्यक्रममा ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको छ ।
काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्सले मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सकिएको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ देखि ७ पोखरामा दुई रात तीन दिनसम्म आयोजना गरिएको थियो ।
कार्यक्रममा ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको छ । जसअन्तर्गत ६७ जना एमडीआरटी २ जना कोर्ट अफ दी टेबल-सिओटी तथा १ जना टप अफ दि टेबल-टिओटी क्वालिफायर रहेका थिए । सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरुको समेत सहभागिता थियो ।
उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गरे ।
