यो माइलस्टोन बिक्री अंक मात्र नभई नेपाली सडकमा १.५ लाख एनटर्क स्कुटरहरू चलिरहेको विश्वासको प्रमाण रहेको कम्पनीले जनाएको छ ।
काठमाडौँ — टीभीएस एनटर्क १२५ ले नेपालमा १.५ लाख प्रयोगकर्ता पार गरेको छ । दुई-पाङ्ग्रे बजारमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । एनटर्कलाई नेपालको सबैभन्दा लोकप्रिय प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकको रूपमा अझ मजबुत बनाएको हो ।
जगदम्बा मोटर्स (शंकर ग्रुप अन्तर्गत)ले देशभरका आधिकारिक टीभीएस शोरूमहमा '150K Celebration’ आयोजना गरेर मनाएको छ । कार्यक्रममा ग्राहक, राइडर समुदाय, डिलर तथा स्कुटर प्रेमीहरूको सक्रिय सहभागिता रहेको कम्पनीले जनाएको छ ।
यो माइलस्टोन बिक्री अंक मात्र नभई नेपाली सडकमा १.५ लाख एनटर्क स्कुटरहरू चलिरहेको विश्वासको प्रमाण रहेको कम्पनीले जनाएको छ । ग्राहकहरूको भरोसा, डिलर नेटवर्कको प्रतिबद्धता, र बिक्री, सेवा, स्पेयर पार्ट्स, मार्केटिङ तथा लजिस्टिक्स टिमहरूको संयुक्त मेहनतकै कारण यो उपलब्धी हासिल गरेको हो । १.५ लाख प्रयोगकर्ता पार गर्दै एनटर्कले नेपालको स्पोर्टी स्कुटर सेग्मेन्टमा आफ्नो बलियो उपस्थितिलाई थप सुदृढ बनाएको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता ले ग्राहकहरू, डिलरहरू तथा साझेदारहरूप्रति आभार व्यक्त गरे । '१.५ लाख राइडरको माइलस्टोन बिक्री उपलब्धि मात्र होइन; यो नेपाली राइडरहरूको भरोसा र हाम्रो देशव्यापी डिलर तथा सेवा नेटवर्कको समर्पणको प्रतिफल हो,' उनले भने, 'यो उत्सव एनटर्क समुदाय निर्माणमा योगदान गर्ने सबैको सामूहिक प्रयासको सम्मान हो।'
