मनाङ, ढोरपाटन र तीनजुरे जस्ता दुर्गम र ठाडो उकालो-ओरालो, बिग्रिएका सडक र अनिश्चित मौसमका कारण यो मार्गहरू चालकहरूका लागि ठूलो चुनौती बन्ने गर्छन्। यद्यपि, स्कोडाले कायलाकलाई यी जटिल भौगोलिक परिस्थितिमा परिक्षण गरेर यसको शक्तिशाली प्रदर्शन र नेपालका दुर्गम सडकहरूको सामना गर्न सक्षम भएको प्रमाणित गरेको छ।
What you should know
काठमाडौँ — स्कोडाले हालै नेपालका सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरूमा आफ्नो नयाँ एसयुभी 'कायलाक' को परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। मनाङ, ढोरपाटन र तीनजुरे जस्ता दुर्गम र ठाडो उकालो-ओरालो, बिग्रिएका सडक र अनिश्चित मौसमका कारण यो मार्गहरू चालकहरूका लागि ठूलो चुनौती बन्ने गर्छन्। यद्यपि, स्कोडाले कायलाकलाई यी जटिल भौगोलिक परिस्थितिमा परिक्षण गरेर यसको शक्तिशाली प्रदर्शन र नेपालका दुर्गम सडकहरूको सामना गर्न सक्षम भएको प्रमाणित गरेको छ।
स्कोडा नेपालका अनुसार, यस एसयुभीले बलियो पावर डेलिभरी र भरपर्दो ट्र्याक्सनको कारण तीव्र उकालो र अव्यवस्थित सडकमा पनि स्थिरता कायम राख्ने क्षमता देखाएको छ। यसको इन्जिनले प्रत्येक चुनौती पार गर्दा यात्रालाई सहज र विश्वसनीय बनाएको छ।
कायलाकको परिक्षणको क्रममा मनाङको हिमाली भेगमा, स्कोडाले कडा उकालोहरूको सामना गर्दा गाडीको स्थिर ह्यान्डलिङ र विश्वसनीय पावर डेलिभरीको अनुभव गरेको थियो। ढोरपाटनको एकान्त र चिसो सडकमा इन्जिनको सहज स्टार्टले चालकलाई मानसिक शान्ति दिन्छ। तेस्रो परिक्षण, तीनजुरेमा, कुहिरोले ढाकिएको बाटोमा पनि, कायलाकले आफ्नो स्थिर नियन्त्रण र आत्मविश्वास प्रदर्शित गर्यो।
ट्राभल ब्लगर मनिष रुचालले, हालै हिमालय टिभीमा प्रसारित 'द फ्याब शो' कार्यक्रममा, ढोरपाटनको चुनौतीपूर्ण सडकमा कायलाकको प्रभावशाली प्रदर्शनको बारेमा बताएका छन्। 'हाम्रो आत्मविश्वास कहिल्यै डगमगाएन। गाडीको टर्क र पावरले हरेक अवरोध सहजै पार गर्यो, जसले यात्रालाई अविस्मरणीय बनायो,' उनले भने ।
स्कोडा कायलाकको युरोपेली इन्जिनियरिङ आधारमा निर्मित यस एसयुभीको स्थिर ह्यान्डलिङ, मजबुत ग्रिप र अचानक बदलिने सडक अवस्थासँग जुद्ने क्षमताले यसलाई केवल सहरको यातायातका लागि मात्र नभई नेपालको पहाडी भेग र राजमार्गका लागि पनि आदर्श बनाउँछ।
कायलाकको अटोमेटिक ट्रान्समिसन प्रणाली, विशेषगरी 'रियल अटोमेटिक' टर्क कन्भर्टर प्रणाली, गियर परिवर्तनको सहजता र टिकाउपनमा प्रसिद्ध छ। यसले सहरको ट्राफिकमा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने मात्र होइन, राजमार्ग र ठाडो उकालोमा पनि स्थिर र आत्मविश्वासी प्रदर्शन सुनिश्चित गर्दछ।
'पावर फर द पिक्स' भन्ने ट्यागलाइनका साथ, स्कोडा कायलाक नेपालका सडकहरूको चुनौतीलाई स्वीकार गर्दै एक नयाँ अटोमेटिक एसयुभीको रूपमा प्रस्तुत भएको छ। मनाङ, ढोरपाटन र तीनजुरेमा प्रमाणित प्रदर्शनसँगै नेपाली ग्राहकबीच यसको विश्वास र प्रतीक्षा अझ बलियो हुँदै गएको छ।
यात्रा, आराम र विश्वसनीयता खोज्ने चालकका लागि, कायलाक अब नेपालको चुनौतीपूर्ण सडक र दैनिक ड्राइभका लागि तयार एसयुभीको रूपमा स्थापित भएको छ।
