न्यूनतम बीमांक रकम २ लाख ५० हजार र अधिकतम बीमांक रकम आयस्रोतको आधारमा गर्न सकिने जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सले नारी दिवसको अवसरमा ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । 'एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच' नाराका साथ योजना सार्वजनिक गरिएको हो । महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्दि्रत विशेष योजना रहेको कम्पनीले जनाएको छ ।
बीमालेखको वार्षिकोत्सवमा बीमांकको आधारमा नगद सुविधा प्रदान गरिनु,वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५ प्रतिशत ले बढ्ने जनाएको छ । नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना रहेको कम्पनीको दाबी छ ।समानतासँगै सम्मानपूर्वक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक नारी लक्षित, महत्त्वपूर्ण ऐच्छिक सुविधाहरू सहित यो योजना सार्वजनिक गरेको हो । नारीवर्गमा समर्पित यस योजनाले नियमित आम्दानी, आर्थिक सुरक्षा तथा दीर्घकालीन आर्थिक सुनिश्चितता एकैसाथ प्रदान गर्दछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमांक रकम २ लाख ५० हजार र अधिकतम बीमांक रकम आयस्रोतको आधारमा गर्न सकिने जनाएको छ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहनेछ । यस योजनासँगै विभिन्न ऐच्छिक पुरक करार सुविधा पनि लिन सकिन्छ । दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा, बीमाशुल्क छुट सुविधा पनि योजनासँगै लिन सकिने कम्पनीले जनाएको छ ।
