गुणस्तरीय फ्रिज र विद्युत् अभावका कारण भण्डारण समस्या झेल्दै आएको स्वास्थ्यचौकीलाई वर्ल्डलिंकले तीन किलोवाट सौर्य प्रणालीसहित डीप-फ्रिज हस्तान्तरण गरेको छ ।
काठमाडौँ — वर्ल्डलिंक कम्युनिकेसनले कालिकोटस्थित पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डिप-फ्रिज जडान गरिदएको छ । सामाजिक उक्तरदायित्व कार्यक्रमअन्तर्गत वर्ल्डलिंकले स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली र डिप फ्रिज जडान गरेको हो ।
गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण नानीकोट स्वास्थ्यचौकीमा औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो । स्वास्थ्यचौकीमा देखिएको समस्याको समाधानको दीर्घकालीन समाधानका रूपमा वर्ल्डलिंकले ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित डीप–फ्रिज जडान गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो ।
अब औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले बताइन् ।
यसैबीच, वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको श्री पंगेलीदेवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अंग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ । लोकोपकार संस्थासँगको सहकार्यमा वर्ल्डलिंकले २५ जना विद्यार्थीमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
निर्देशक जालानले विद्यालयमा पुगेर कक्षाको स्थलगत अवलोकन गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिइन् । उक्त अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । भर्जुअल माध्यामबाट विद्यार्थीको आत्मविश्वास बढाउन सो कार्यक्रम प्रभावकारी हुने जालानले बताइन् ।
