दुबईमा फ्लाई नेपाको नयाँ शाखा

कम्पनीका ग्लोबल सीईओ तथा अमेरिका लागि पर्यटन प्रवर्द्धक विनोद अधिकारीको नेतृत्वमा आयोजित विशेष समारोहबीच कार्यालय उद्घाटन गरिएको हो ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Fly Nepa's new branch in Dubai

काठमाडौँ — फ्लाई नेपा ट्राभलले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिअन्तर्गत संयुक्त अरब इमिरेट्सको दुबईमा नयाँ कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका ग्लोबल सीईओ तथा अमेरिका लागि पर्यटन प्रवर्द्धक विनोद अधिकारीको नेतृत्वमा आयोजित विशेष समारोहबीच कार्यालय उद्घाटन गरिएको हो । 

दुबई विस्तारमार्फत नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिका बीचको यात्रु आवतजावत तथा पर्यटन सहकार्य सुदृढ बनाउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । यूएईमा बसोबास गर्ने पाँच लाखभन्दा बढी नेपाली समुदायका साथै स्थानीय इमिराती समुदायलाई सेवा प्रदान गर्ने उद्देश्य पनि राखिएको छ । नयाँ कार्यालयले होलिडे प्याकेज, भिसा सहजीकरण, होटल बुकिङ, यातायात व्यवस्थापन तथा कर्पोरेट ट्राभल व्यवस्थापनजस्ता समग्र यात्रा सेवा उपलब्ध गराउनेछ । कम्पनीले नेपालका प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्याकेजहरू प्रवर्द्धन गर्ने जनाएको छ। साथै तिब्बत र भूटानका भ्रमण प्याकेजहरू पनि एएमए एडभेन्चरसँगको सहकार्यमा सञ्चालन गरिने बताइएको छ ।

उद्घाटन समारोहमा बोल्दै सीईओ अधिकारीले दुबई विश्वव्यापी व्यापार तथा यात्राको केन्द्र भएकाले कम्पनीको 'संस्कृति र समुदायलाई जोड्ने' दृष्टिकोणसँग मेल खाने बताए । 'यो विस्तारले नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने हाम्रो प्रतिबद्धता छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully