सामसङ नेपालले सार्वजनिक गरेको टिजरले छिट्टै नै नयाँ प्रविधियुक्त स्मार्टफाेन सार्वजनिक हुन सक्ने संकेत दिएको छ। कम्पनीले औपचारिक घोषणा भने गर्न बाँकी छ।
काठमाडौँ — सामसङले छिट्टै नयाँ प्रविधि सार्वजनिक गर्ने संकेत गर्दै टिजरहरूको शृङ्खला सार्वजनिक गरेको छ। आधिकारिक विवरण खुलाइएको छैन, तर सार्वजनिक टिजरहरूले स्मार्टफोन अनुभवलाई रूपान्तरण गर्न सक्ने सुविधातर्फ इंगित गरेका छन्।
एउटा टिजरले डिस्प्ले इन्टेलिजेन्स वा उपकरणमै आधारित कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी सुधारको संकेत गर्छ भने अर्कोले सामसुङको लोकप्रिय ‘नाइटोग्राफी’ फिचरको स्तरोन्नतितर्फ औंल्याएको देखिन्छ। यी संकेतसँगै कम्पनीले 'के सार्वजनिक गर्ने हो' भन्नेबारे चर्चा सुरु भएको छ।
नेपालमा ग्यालेक्सी फ्ल्यागसिप शृङ्खलाको सफलतापछि सामसङले दैनिक प्रयोगलाई अझ सहज र स्मार्ट बनाउने दिशामा ध्यान केन्द्रित गरेको छ । टिजरअनुसार उपकरणमै आधारित एआईद्वारा सञ्चालित बौद्धिक डिस्प्ले तह विकास गरिएको हुनसक्ने अनुमान गरिएको छ, जसले सामाग्रीलाई वास्तविक समयमा प्रयोगकर्ताअनुसार अनुकूलन गर्नेछ। यसले प्रयोगकर्ताले विभिन्न परिस्थितिमा स्क्रिन हेर्ने, अन्तर्क्रिया गर्ने र सामाग्रीमा संलग्न हुने तरिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
टिजरमार्फत देखाइएको अर्को सम्भावना स्क्रिन-आधारित गोपनीयतासम्बन्धी नयाँ उपाय हो । उन्नत डिस्प्ले प्रविधि र उपकरणमै आधारित बौद्धिक प्रणालीको प्रयोगमार्फत एआई-सञ्चालित गोपनीयता तह प्रस्तुत गर्ने तयारी भएको अनुमान छ, जुन चलायमान जीवनशैलीप्रति लक्षित हुन सक्छ।
सामसङ नेपालले जारी गरेको टिजरले छिट्टै नयाँ प्रविधियुक्त स्मार्टफाेन सार्वजनिक हुन सक्ने संकेत दिएको छ। कम्पनीले औपचारिक घोषणा भने गर्न बाँकी छ।
