पोखरामा रोयल इन्फिल्ड हन्टर ३५० सार्वजनिक, टेस्ट–राइड र बुकिङ सुरु

हन्टर ३५० को मूल्य ड्युअल–टोनको ४ लाख ९९ हजार ९ सय र सिंगल–टोनको ४ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Royal Enfield Hunter 350 launched in Pokhara, test-ride and bookings begin

काठमाडौँ — रोयल इन्फिल्डले स्ट्रिट रोडस्टर हन्टर ३५० पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित सोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।

शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस भीआई हन्टर ३५०, २०२५ इडिसन पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

मोटरसाइकलमा स्लिप–असिस्ट क्लच, १६० एमएम ग्राउन्ड क्लियरेन्स, ड्युअल च्यानल एबीएस, एलईडी हेडलाइट, सुधारिएको सिट र ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश छन्। यसमा प्रयोग गरिएको ३४९ सीसी जे–सिरिज इन्जिनले दैनिक सवारीमा चुस्त र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडल रोजिसकेका छन्।

रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेलले पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडल रहेको बताए। शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएको उनको भनाइ छ।

हन्टर ३५० को मूल्य ड्युअल–टोनको ४ लाख ९९ हजार ९ सय र सिङ्गल–टोनको ४ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ। पोखरास्थित रोयल इन्फिल्ड सोरुममा टेस्ट–राइड तथा तत्काल डेलिभरी उपलब्ध रहेको समेत कम्पनीले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully