कम्पनीका अनुसार अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ ।
What you should know
काठमाडौँ — सामसङ नेपालले होली पर्वको अवसरमा वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट तथा एक्सचेन्ज बोनससहितको विशेष अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार अफर फेब्रुअरी १ देखि मार्च १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ । अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरका विभिन्न मोडेलमा आकर्षक छुट, क्यासब्याक तथा सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ ।
ग्राहकहरूले ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वासर–ड्रायर, फ्रन्ट–लोड तथा सेमी–अटोमेटिक टप–लोड वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी सिंगल डोर, डबल डोर तथा साइड–बाई–साइड रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको छ ।
सामसङका वासिङ मेसिनमा डीआईटी मोटरमा २० वर्षको वारेन्टी, ४०० भोल्टसम्मको भोल्टेज फ्लक्चुएसनबाट सुरक्षा तथा रेफ्रिजरेटरमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्चुएसनबाट सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले उत्पादनको दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने बताइएको छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि प्रदान गरिनेछ ।
अफरअन्तर्गत ७ केजी क्षमताको सेमी–अटोमेटिक टप–लोड वासिङ मेसिनमा १२ प्रतिशत, ८ केजीको फुल्ली अटोमेटिक टप–लोडमा १२ प्रतिशत, ९ देखि १२ केजीसम्मका एआई इकोबबल फ्रन्ट–लोडमा २० प्रतिशत तथा ९ देखि १३ केजीसम्मका एआई इकोबबल वासर–ड्रायरमा २३ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ ।
त्यसैगरी ७०० लिटर क्षमताको साइड–बाई–साइड रेफ्रिजरेटरमा ११ प्रतिशत, ३५० लिटरदेखि ४१९ लिटरसम्मका फाइभ–इन–वान मोडेलमा १६ प्रतिशत, २५३ लिटरदेखि २७५ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरमा १७ प्रतिशत तथा १९२ लिटरदेखि २३० लिटरसम्मका सिंगल डोर रेफ्रिजरेटरमा १५ प्रतिशत क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
