नेपाल लाइफ इन्स्योरेन्सलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड 

कम्पनीलाई इन्स्योरेन्स विधामा ‘दि एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्सी २०२५’ अवार्ड दिइएको हो । 

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Nepal Life Insurance receives Corporate Excellence Award

काठमाडौँ — जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्पोरेट एक्सिलेन्सी अवार्ड पाएको छ । कम्पनीलाई इन्स्योरेन्स विधामा ‘दि एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्सी २०२५’ अवार्ड दिइएको हो । 

अवार्ड नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले लिएका हुन् ।

नेपाली बिमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बिमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संशाधनको विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्यहरु, अटोमेसन डिजिटल ट्रान्सफरमेसनको क्षेत्रमा गरिएका कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मूल्यांकन गर्दै नेपाल लाइफलाई अवार्ड दिइएको हो ।

कम्पनीको कार्य कुशलता, प्रभावकारिता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले  कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जीवन बिमाको महतत्त्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बिमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न हौसला मिल्ने अपेक्षा रहेको बताए ।

कान्तिपुर

Link copied successfully