कजारियाको नयाँ सोरुम बनेपामा

कम्पनीले ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल उत्पादन गरिररहेको छ ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Kajaria's new showroom in Banepa

काठमाडौँ — कजारियाले आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै बनेपामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित सोरुमले बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई आधुनिक र परिष्कृत खरिद अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त कजारिया रमेश टाइल्स लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ ।

कजारियाले नेपालभर एक सयभन्दा बढी सोरुमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल उत्पादन गरिररहेको छ । यी उत्पादनहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दिगो तथा आधुनिक डिजाइनका लागि परिचित रहेका थिए ।

कान्तिपुर

Link copied successfully