बानेश्वरको कात्यायनी चोकमा खुल्यो ‘करेन्ट मार्ट

मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स, विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन् ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

'Current Mart' opens at Katyayani Chowk in Baneshwor

काठमाडौँ — ‘हट एन्ड स्पाइसी’ नुडल्स सेग्मेन्टको ‘करेन्ट नुडल्स’ उत्पादक कम्पनी यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा सञ्चालनमा ल्याएको छ ।

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले काठमाडौंमा नयाँ शाखा बिस्तार गरेको हो । ‘करेन्ट मार्ट’ को उद्घाटन यशोदा फुड्सका निर्देशक मधुसुदन घिमिरे, नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा गरे । 

‘करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स, विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन् ।

चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सीटीसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनियाँ पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुनेछ ।

उद्घाटन कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले भने–‘भैरहवाका उपभोक्ताहरूले ’करेन्ट मार्टलाई देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ ।’

यसअघि कम्पनीले काठमाडौंको अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किरहेको छ । बानेश्वरमा खुलेको मार्टले यशोदा फुड्सका प्याकेज्ड फुड खरिद गर्न चाहने ग्राहकलाई विशेष सुविधा दिने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully