दिपल एस ०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिने कम्पनीले जनाएको छ ।
काठमाडौँ — अभिनेताद्वय अनुपविक्रम शाही र प्रदीप खड्काले दिपल एस०७ किनेका छन् । डिजाइन र प्रविधिका कारण कलाकारद्वयले दिपल एस०७ राजेको एमएडब्लु वृद्धिले जनाएको छ ।
पछिल्ला डेलिभरीहरुले इन्टेलिजेन्ट र स्टाइलिस एसयुभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरुको रोजाइ परिरहेको तथ्यलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ । एस०७को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको कलाकार खड्काले बताए ।
शाही र खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा गौरवान्वित भएको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार एक दर्जनभन्दा बढी इन्डस्ट्री फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ ।
सवारीमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नं. १ लक्जरी इभी बनाएको कम्पनीको दाबी छ ।
