तेस्रो मुलुकमा 'टोकला टी'

'टोकला टी' ले हालै सम्पन्न खाद्य तथा पेय पदार्थ प्रदर्शनी गल्फुड दुबई–२०२६ मा सहभागिता जनाउँदै नेपाली चियालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

'Tokla Tea' in a third country

काठमाडौँ — नेपाल चिया विकास निगमबाट उत्पादित ‘टोकला टी’ ले तेस्रो मुलुकमा नेपाली चियाको पहिचान स्थापित गर्दै नेपाली झण्डा गर्वका साथ उचाल्दै आएको छ। एक सय वर्षभन्दा बढीको विरासत बोकेको ‘टोकला टी’ नेपाली चिया उत्पादन क्षेत्रमा अत्यन्त लोकप्रिय ब्रान्डका रूपमा परिचित छ।

नेपालकै सबैभन्दा ठूलो चिया उत्पादक तथा निर्यातकर्ताका रूपमा रहेको ‘टोकला टी’ ले हालै सम्पन्न खाद्य तथा पेय पदार्थ प्रदर्शनी गल्फुड दुबई–२०२६ मा सहभागिता जनाउँदै नेपाली चियालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ। उक्त प्रदर्शनीमार्फत ‘टोकला टी’ लाई नेपालमा उत्पादन हुने शुद्ध र उत्कृष्ट चियाका रूपमा विश्व बजारमा चिनाउने अवसर प्राप्त भएको कम्पनीले जनाएको छ।

हाल ‘टोकला टी’ ले विश्वका नौभन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। नेपाली हावापानीमा उत्पादन हुने उच्च गुणस्तरको चियालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दै कम्पनीले नेपालको परम्परा, मौलिकता र पहिचान विश्वभर फैलाउँदै आएको छ। नेपालमा उपभोग हुने चिया नै विदेश निर्यात भइरहेकाले यसले स्वदेशी उत्पादनप्रतिको विश्वास पनि बलियो बनाएको छ।

नेपाली चिया उद्योगलाई विश्व बजारमा अझ व्यापक बनाउने उद्देश्यसहित ‘टोकला टी’ ले आगामी दिनमा आफ्नो पहुँच थप विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा उपस्थितिलाई अझ सुदृढ र प्रभावकारी बनाउने नीति लिएको जनाएको छ।

कान्तिपुर

Link copied successfully