सिद्धार्थ बैंकलाई 'कर्पोरेट एक्सिलेन्सी २०२५' अवार्ड

मानव संशाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्य सम्पादनमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Siddhartha Bank wins 'Corporate Excellence 2025' award

काठमाडौँ — सिद्धार्थ बैंकले व्यावसायिक बैंकिङ अन्तर्गत ‘कर्पोरेट एक्सिलेन्सी २०२५’ अवार्ड पाएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका हुन् । मानव संशाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न बैंकलाई प्रेरित गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

कान्तिपुर

Link copied successfully