हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकलाई सफ्टवेयर अपडेट गर्न आग्रह

अपडेटपछि क्रेटा ईभीको विद्यमान ड्राइभिङ रेञ्जमा करिब १५ देखि २५ किलोमिटरसम्मको वृद्धि अनुभव गर्न सकिनेछ ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Hyundai Nepal urges Creta EV customers to update software

काठमाडौँ — हुन्डाई नेपालले क्रेटा ईभीका सबै ग्राहकलाई नजिकको आधिकारिक सर्भिस स्टेसनमा गई नयाँ सफ्टवेयर अपडेट गराउन आग्रह गरेको छ । नयाँ अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) लाई नेपाली सडक र ड्राइभिङ अवस्थाअनुसार विशेष रूपमा अप्टिमाइज गरिएको कम्पनीले जनाएको छ ।

अपडेटपछि क्रेटा ईभीको विद्यमान ड्राइभिङ रेञ्जमा करिब १५ देखि २५ किलोमिटरसम्मको वृद्धि अनुभव गर्न सकिनेछ । यसले दैनिक आवतजावत तथा सहरभित्रका लामो यात्रामा ग्राहकलाई थप सुविधा, आत्मविश्वास र मूल्य प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो अपडेट हुन्डाईको देशभर फैलिएको आधिकारिक सर्भिस नेटवर्कमार्फत चरणबद्ध रूपमा उपलब्ध गराइनेछ । ‘प्रत्येक क्रेटा ईभी ग्राहकले उक्त सुधारको लाभ लिन सकून्,’ कम्पनीले भनेको छ, ‘हुन्डाई नेपाल आफ्ना उत्पादनलाई निरन्तर स्तरोन्नति गर्दै ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न प्रतिबद्ध छ ।’

हुन्डाई एक मूल्य–केन्द्रित ब्रान्डका रूपमा परिचित छ । सशक्त आफ्टर–सेल्स सर्भिस नेटवर्क रहेको हुन्डाई नेपालको ६३ भन्दा बढी रि–ल्याक्स रिचार्ज नेटवर्क छन् । लक्ष्मी मोटर कर्पोरेसनद्वारा सञ्चालित चारपांग्रे सवारी साधनको अत्याधुनिक एसेम्ब्ली प्लान्टले यसलाई थप मजबुत बनाएको छ ।

कान्तिपुर

Link copied successfully