ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ ।
What you should know
काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई 'ग्लोबल स्मार्ट प्लस' मोबाइल बैंकिङ एपमार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ । अब बैंकका मोबाइल बैंकिङ एप प्रयोगकर्ताले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन् ।
ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले आईपीओ म्यानेजमेन्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि तुरुन्तै सीआरएन नम्बर प्राप्त गर्नेछन्। त्यसपछि ग्राहकले आईपीओ खुला हुने समयमा एपमार्फत नै आवेदन दिन सक्नेछन् ।
ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुला हुनेबारे जानकारी पनि प्राप्त हुनेछ। यस सेवाले आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने, अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ।
ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ।
यस सुविधामार्फत ग्राहकले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टलगायत विभिन्न लगानीसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।
लाइभ मार्केर्ट सुविधामार्फत ग्राहकले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन्। यसले व्यक्तिगत सेयर लगानी ट्र्याक गर्ने अवसर पनि प्रदान गर्दछ। ग्राहकले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी आफ्नो सेयरको मूल्य तथा नाफा–घाटा रियल टाइममा ट्र्याक गर्न सक्नेछन्। क्यालकुलेटरको प्रयोगले सेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाब–किताब गर्न मद्दत पुर्याउनेछ, जसले लगानी योजना बनाउन सहयोगी बन्नेछ।
वाचलिस्ट सुविधाले लगानीकर्तालाई आफ्नो रोजाइका सेयरको सूची बनाउने अवसर दिन्छ। यसमार्फत उनीहरूले लगानी निर्णय अघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन्। स्टक कम्प्यारिजन सुविधाले सेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांकका आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्दछ, जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्छ।
उक्त एप प्रयोगकर्ताले दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर पाएका छन्, जसले स्मार्टफोनमार्फत सेयर बजारका गतिविधि ट्र्याक र विश्लेषण गर्न सहज र डिजिटल माध्यम प्रदान गर्छ ।
बैंकले नयाँ सुविधा सुरुआतसँगै ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्लोबल स्मार्ट प्लस एपले डिजिटल वित्तीय सेवामा नयाँ आयाम थप्दै नेपालमा आधुनिक वित्तीय समावेशीकरणको दिशा तय गर्दैछ ।
