पुरस्कार प्याकेजमा मुम्बई आवतजावतको हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाई(ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखंडे स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था हुनेछ ।
काठमाडौँ — डेभिल्सले नेपाली क्रिकेट टी–२० विश्वकपलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । कम्पनीले ‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ नामक अभियानमार्फत क्रिकेट प्रेमीलाई टी-२० विश्वकपमा प्रत्यक्ष साक्षी बन्ने अवसर दिएको छ ।
अभियानअन्तर्गत एक जना विजेताले मुम्बईको वानखंडे स्टेडियममा फेब्रुअरी १५ मा हुने नेपाल र वेस्ट इन्डिजको खेल प्रत्यक्ष हेर्न पाउनेछन् । ‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ र अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्दै तीन जना साथीलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।
पुरस्कार प्याकेजमा मुम्बई आवतजावतको हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखंडे स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था हुनेछ ।
टी–२० विश्वकपमा नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण रहेको एसियन थाई फुडका निर्देशक आशिष जाजुले बताए । ‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौं,' उनले भने, 'क्रिकेटले लाखौं मानिसलाई जोड्छ र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।'
