मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमा शुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई तालिम दिएको हो ।
काठमाडौँ — नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्तालाई एक दिने तालिम दिएको छ ।
प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमा शुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई तालिम दिएको हो ।
अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम दिएका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरुलाई आफ्नो पेसामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरुमार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।
कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान दिएका थिए ।
