बजाजको 'नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल' सुरु

फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबीएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२० एफको सुरुवाती मूल्य ४ लाख ३९ हजा ९ सय रुपैयाँ तोकिएको छ ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Bajaj's 'Next Gen Maha-Exchange Carnival' begins

काठमाडौँ — बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । यही माघ ११ गतेदेखि १७ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने कार्निभलमार्फत ग्राहकले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने जनाएको छ ।

कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२० एफ एफआई बीएस ६ पनि सार्वजनिक गरेको छ । कार्निभलमै पहिलोपटक सार्वजनिक भएको २२० एफ एफआई बीएस६ ले बजाज प्रेमीलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबीएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२० एफको मूल्य ४ लाख ३९ हजा ९ सय रुपैयाँ तोकिएको छ । 

कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकका लागि नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको छ । बजार मूल्यभन्दा ८ हजार रुपैयाँसम्म बढी भ्यालुएसन पाउन सकिने कम्पनीले जनाएको छ ।

कार्निभल नयाँ बाइक किन्ने योजना बनाइरहेका ग्राहकका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर रहेको कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully