कजारियाले तीन हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ ।
काठमाडौँ — टायल उत्पादन कम्पनी कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै विराटनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा टायलको बढ्दो मागलाई सम्बोधन गर्ने कजारियाले जनाएको छ। कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले शोरूमको उद्घाटन गरे।
कजारिया रमेशका निर्देशक अग्रवालले नेपालप्रति कजारियाको दीर्घकालीन प्रतिबद्धताबारे जानकारी गराए। ‘कजारिया सधैं उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्न केन्द्रित रहँदै आएको छ,’ उनले भने, ‘विराटनगरमा नयाँ शोरूमको उद्घाटन पूर्वी नेपालका ग्राहकहरूसम्म हाम्रो विश्वस्तरीय टायल सङ्ग्रह अझ नजिक पुर्याउने महत्वपूर्ण कदम हो। यस विस्तार यात्रामा न्यु ज्योति ट्रेडर्ससँग सहकार्य गर्न पाउँदा हामी गर्व महसुस गर्छौं।’
कजारियाले तीन हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ। कजारियाका नेपालभर एक सयवटाभन्दा बढी शोरूम सञ्चालनमा छन्।
कम्पनीले ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल तथा सेरामिक वाल टायल उत्पादन गरिरहेको छ। पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनका टायल उपलब्ध रहेको कम्पनीले जनाएको छ।
