सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा छुट

ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गरी १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Discounts for Siddhartha Bank customers at IME Hospitality Group

काठमाडौँ — सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार आईएमई हस्पिटालिटी ग्रुपअन्तर्गत सञ्चालित होटल तथा विभिन्न सेवामा छुट दिने भएको हो ।

 लाजिम्पाटस्थित होटल ले हिमालय तथा साके एन्ड फेङ रेस्टुरेन्ट, हर्कपुर तथा बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्ट्स, मौलाकाली केबलकार, लुम्बिनी केबलकार र पोखरास्थित द लेक रिट्रिटमा बैंकका ग्राहकले छुट पाउनेछन्।

ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गरी १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

सम्झौताबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा निम्न माध्यममार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

कान्तिपुर

Link copied successfully