जनवरी २३ देखि २८ सम्म अनर एक्स नाइन डी बुकिङ गर्दा स्मार्टवाच निःशुल्क, एक भाग्यशालीलाई ५८ लाखको कार जित्ने अवसर प्राप्त हुने विज्ञप्तीमा उल्लेख छ ।
What you should know
काठमाडौँ — स्मार्टफोन ब्रान्ड ‘अनर’ले नेपालमा नयाँ मोडल ‘अनर एक्स नाइन डी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन अत्यन्तै बलियो र टिकाउ छ । यसमा २.५ मिटर उचाइबाट खस्दा पनि नबिग्रिने ड्रप रेसिस्टेन्स प्रविधि रहेको र आईपी६९ के स्तरको पानी तथा धुलो प्रतिरोध क्षमता पनि छ । ब्याट्री र क्यामेरा दुवै शक्तीशाली रहेको कम्पनीले जनाएको छ ।
यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको विज्ञप्तीमा उल्लेख छ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोडल ५९ हजार ९९९ रुपैयाँमा बिक्री हुने जनाइएको छ ।
कम्पनीले अनर एक्स नाइन डीको प्रि-बुकिङ खुला भइसकेको कम्पनीले जानकारी दिएको छ । प्रि-बुकिङ अवधि जनवरी २३ देखि जनवरी २८ सम्म तोकिएको छ । यस अवधिमा बुकिङ गर्ने ग्राहकलाई विशेष अफर उपलब्ध गराइने बताइएको छ । प्रि-बुकिङ गर्ने ग्राहकले १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको अनर च्वाइस वाच टु प्रो निःशुल्क पाउनेछन् । साथै, एक वर्षको सेवा सुविधा पनि दिइने र त्यसमा स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीले बिग्रिएको अवस्थामा मर्मत सेवा समावेश रहेको कम्पनीले जनाएको छ ।
