काठमाडौंमा शनिबारदेखि रोटरी हाट बजार सुरु हुने

काठमाडौंको थापाथलीस्थित रोटरी भवन, रोटरी क्लब अफ काठमाडौं परिसरमा माघ १० र ११ गते रोटरी हाट बजार आयोजना हुने छ ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Rotary Haat Bazaar to start in Kathmandu from Saturday

काठमाडौँ — रोटरी इन्टरनेशनलअन्तर्गत रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५/२६ ले शनिबारदेखि ‘रोटरी हाट बजार’ आयोजना गर्दैछ । 

काठमाडौंको थापाथलीस्थित रोटरी भवन, रोटरी क्लब अफ काठमाडौं परिसरमा माघ १० र ११ गते रोटरी हाट बजार आयोजना हुने छ । स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला, खाद्य परिकार, फेसन तथा सिर्जनात्मक सामग्रीको प्रदर्शनी तथा बिक्री हुनेछ । साथै, कार्यक्रमअन्तर्गत नि:शुल्क दन्त परीक्षण, मनोरञ्जन-खेल क्षेत्र र खानाका स्टलहरू राखिनेछ । 

युवा तथा बालबालिकालाई आकर्षित गर्न चित्रकला प्रतियोगिता, सार्वजनिक वक्तृत्व कला प्रशिक्षण र प्रतियोगिता तथा दर्शकका लागि म्याजिक शो, फेश पेन्टिंगसमेत समावेश गरिएको छ । कार्यक्रमले साना उद्यमशीलता, महिला सशक्तिकरण, स्थानीय उत्पादन, कला–संस्कृति र समुदायलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको आयोजकको भनाइ छ ।

नि:शुल्क प्रवेश रहेको कार्यक्रम बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

कान्तिपुर

Link copied successfully